प्रम दाहालको तर्क– बिजुली आन्तरिकरूपमा उपयोग बढाउन पूर्वाधार छैन्ः निर्यात नै गर्नुपर्छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । मंगलवारबाट शुरु भएको आठौं ‘पावर समिट–२०२३’ मा उनले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले उर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए । 

दाहालले देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्वपूर्ण भएको उल्लेख गरे । उनले धेरै नेपालीहरुले अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तारमा जोड दिइरहेको बताए । 

Advertisement

दाहालले प्रशारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे । उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूला लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको बताए । 

प्रधानमन्त्री दाहालले भने, ‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं ।  त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छाँै । देशका सबै नागरिकलाई विद्युत उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तार गरिरहेका छाँै ।  प्रशारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको छ ।’

उनले धेरै विद्युत खपत गर्नसक्ने क्षेत्रको प्रवद्र्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरे । 

Advertisement

Advertisement