प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा चौथोपटक विश्वासको मत लिने
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् । 

यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएका छन् । 

Advertisement

पछिल्ला राजनीतिक घटनाक्रम विकसित हुँदै गर्दा जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनुपर्ने संविधानको धार १०० को (२) मा व्यवस्था छ । 

Advertisement

Advertisement