कर प्रणाली पुनरावलोकन गरिने, हुण्डी, अवैध कारोबार र पूँजी पलायनमा कडाइ गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०–८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणालीमा संशोधन गर्ने बताएका हुन् । 

Advertisement

राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने, विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने, राजस्वको दायरा विस्तार गर्ने बताउँदै सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने बताए ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने पनि उनले बताए । 

Advertisement

Advertisement