बालाजीका बाहुबली र श्रृष्टि सिमेन्ट इण्डिया निर्यात सुरु, निर्यात अनुदानले हौसला मिल्योः गाडिया

Advertisement

काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.बाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्ट इण्डिया निर्यात शुरु भएको छ । इण्डियाको गुणस्तर विभागद्धारा ब्यूरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस) प्रदान गरेसँगै निर्यात सुरु भएको उद्योगले जनाएको छ । 

उद्योगले लामो समयको प्रतिक्षापछि सोमबार कपिलवस्तुको शिवराज नगरपालिका– ६ स्थित बालाजी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट इण्डिया निर्यात सुरु गरेको बताएको छ । पहिलो चरणमा भारत उत्तर प्रदेशको सिद्धार्थनगरस्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई ४२ टन सिमेन्ट पठाइएको जनाइएको छ । 

Advertisement

आज दुई ट्रकमा उक्त परिमाणमा सिमेन्ट निर्यात गरिएको र यो जारी रहने बालाजी सिमेन्टको भनाई छ । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाईने व्यवस्था छ भने नेपालबाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाईदैन ।

सरकारले सिमेन्ट छड लगायतका ३० भन्दा वढि वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ । सरकारले ५० करोड भन्दा बढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको बालाजी सिमेन्टको विज्ञप्तिमा उल्लेख छ । 

उद्योगका संस्थापक सन्दीपकुमार गाडियाले अहिलेको असहज एंव आर्थिक मन्दिको अवस्थामा सिमेन्ट निर्यात गर्ने कार्य सुरु हुनु सकारात्मक कुरा भएको बताएका छन् । उनले आफ्नो उद्योगको स्थापना नै भारत निर्यात गर्ने उद्देश्यले भएको भन्दै सरकारले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरु ल्याउनु जरुरी रहेको बताए । 

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता एक हजार छ सय टन रहेको, उद्योगले ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योग २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रविधि जडान गरिएको जनाइएको छ, विश्व कै उच्चस्तरीय प्रविधि भएको उद्योगको दावी छ । 

Advertisement

Advertisement