एसियन पेन्ट्सले नेपालमा गर्यो १० अर्बको कारोबार, रु. १५ अर्ब ऋणका लागि योग्य

Advertisement

काठमाडौं । इण्डियन बहुर्राष्ट्रिय कम्पनी एसियन पेन्ट्सले नेपालमा १० अर्ब ७५ करोड रुपियाँको कारोबार गरेको छ । पेन्ट्सले अंग्रेजी आर्थिक वर्ष २०२१–२२ मा नेपालमा निकै ठूलो व्यापार गर्न सफल भएको हो । 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले बैंक ऋणका लागि ए वान प्लसको रेटिङ पाएको छ, जसअनुसार उसले छोटो अवधिका लागी १५ अर्ब ऋण लिन सक्नेछ । कम्पनीको वित्तीय अवस्था राम्रो भएकाले १५ अर्ब रुपियाँसम्म ऋणको लागि योग्य भएको जनाइएको छ । 

Advertisement

कम्पनीले सन् २०१९ मा छ अर्ब १६ करोड रुपियाँको व्यापार गरेको थियो। यस्तै २०२० मा पाँच अर्ब ३१ करोड रुपियाँ, २०२१ मा सात अर्ब ३० करोड रुपियाँको व्यापार गरेको थियो । एसियन पेन्ट्स नेपालमा सन् १९८३ मा स्थापना भएको हो ।

कम्पनीले उत्पादन क्षमता वार्षिक ५० हजार मेट्रिक टनबाट एक लाख आठ सय मेट्रिक टन बनाएको छ । कम्पनीमा ५३ प्रतिशत शेयर स्वामित्व एसियन पेन्टस् इन्डियाको छ । यस्तै, रवि एशोसिएट्स इन्डियाको नौ प्रतिशत शेयर र ३८ प्रतिशत नेपालका विभिन्न व्यक्ति तथा संस्थाको लगानी रहेको छ । 

Advertisement

Advertisement