स्वास्थ्य मन्त्रालयका कर्मचारीले ५८ दिनदेखी हाजिर गर्न पाएनन्,  चौरमै दिन कटाउन बाध्य

Advertisement

काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु डेढ महिनदेखी हाजिर गर्न बञ्चित भएका छन् । विभिन्न समयमा काज तथा दोहोरो समायोजनमा परेका कर्मचारीहरुले हाजिरी गर्न नपाएका हुन् ।

मन्त्रालयमा आउने र चौरमा बसेर फर्किने गरेको मन्त्रालयका कर्मचारी गौरीशंकर बर्तौलाले बता। बर्तौलाले भने, 'मन्त्रालयले विभिन्न समयमा काजमा खटाएको कर्मचारीहरुले अहिले मन्त्रालयमा हाजिर गर्न पाएका छैनौं,केहिलाई स्थानीय तह जाउ भनिएको छ, तर स्थानीय तहले पनि हाजिरी लिन मानेको छैन ।' नेपाल सरकारको स्थायी कर्मचारी भएर डेढ महिना भन्दा बढी समयदेखी हाजिरी गर्न नपाएपछि कर्मचारीहरु चिन्तित बनेका छन्। 

Advertisement

यसरी हाजिरी गर्न नपाएपछि कर्मचारीहरु कारबाहीमा पर्ने हो कि भन्ने चिन्तामा परेका छन् । ६० दिनसम्म बिना जानकारी हाजिरी नभए कानुन अनुसार कारबाहीमा पर्ने जोखिम धेरै हुन्छ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई पत्रत्रचार गर्दै साबिककै व्यावस्था बमोजिम हाजिर गराउन भनेको छ। तर स्थानीय तहले भने विभिन्न बाहाना बनाउदै कर्मचारीलाई काज फिर्ता गर्ने र हाजिर गर्न नदिने गरेका छन् । 

लामो समयसम्म पनि मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसक्दा कर्मचारीहरु भने मन्त्रालयको चौरमा आउदै दिन बिताउने गरेका छन् ।

undefined
 

Advertisement

Advertisement