राशिफलः आज (कार्तिक २०) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको २० गते सोमबार, कार्तिक कृष्णपक्षको नवमी तिथि ।

मेष
आर्थिक विषयमा किचलो भएर मुद्धा मामिलाको स्थिति आउने छ । प्रशासनिक निकायहरुमा धाउनु पर्ने र खर्च गर्नु पर्ने देखिन्छ । कुलतबाट बच्ने प्रयास गर्नु होला । कुसंगतबाट बच्ने प्रयास गर्नु नै बुद्धिमानी हुने छ । परिवारका मानिसहरुले तनाव भोगेको अनुभव भई दुखित हुन पुग्ने छन् । शेयर क्षेत्र मध्यम प्रकृतिको रहने छ । 

Advertisement

वृष
रंगरौसको क्षेत्रमा खर्च बढ्ने भए तापनि त्यसबाट सम्बन्ध विस्तारमा ठुलो उपलब्धि हुने छ । अरुको विश्वासका कारण आर्थिक लाभ मिल्ने छ । लचिलो प्रकारको प्रकृति हुँदा अरुसँग सहजै मिल्ने स्वाभाव हुने छ । रङ्ग रमाइलोमा सहभागि हुन पाइने छ । आम्दानीमा बृद्धि हुने छ भने खर्चमा पनि बृद्धि हुन जाने छ । परिवारमा बादबिबाद र झै झगडा उत्पन्न हुने छ । शेयर क्षेत्रमा लाभ मिल्ने छ । 

मिथुन 
आम्दानीमा हुने बृद्धिले आर्थिक पक्ष सवल हुँदै जाने छ । परिवारमा भने तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सामाजिक रुपमा प्रतिष्ठा बढ्ने छ तर आलोचनाका क्रम पनि उत्तिकै रहीरहने छ । स्वास्थ्यमा समस्या आउने हुँदा अस्पताल धाउनु पर्ने हुन सक्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कर्कट
आर्थिक पक्ष असन्तुलन बिग्रने हुँदा ऋणको दिशा आउने छ । तर आँट र भरोषामा बृद्धि हुने छ । पेशागत जीवन भने सन्तोषजनक रुपमा नै अघि बढ्ने छ । अड्डा अदालत तथा प्रशासनिक समस्याहरु समाधानतर्फ जाने र त्यसले राहत मिल्ने छ । परिवारका सदस्यहरुले भने शंकाको दृष्टिले हेर्ने र विश्वास गर्ने छैनन् । शेयर बजारबाट आंशिक लाघ मिल्ने छ । 

सिंह
आर्थिक पक्ष सवल नबन्दा परिवारमा तनावपूर्ण वातावरण निम्तिने छ । मित्रहरुको विश्वास पनि गुमाउने चुनौति रहने छ । मनमा एक खालको निराशाका क्रम रहीरहने छ । पेशागत क्षेत्रमा धैर्य र संयमित भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । परिवारमा वैमनश्यता देखिने हुँदा सामाजिक रुपमा अरुले आलोचना गर्ने अवसर पाउने छन् । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । 

कन्या
आर्थिक आम्दानीको स्रोतमा अकस्मात अवरोध आउने छ । यसले गर्दा मनमा उत्साह भन्दा हतासाको क्रम आउने छ । मनमा निराशाका बादल एकतमासले आउने हुँदा अन्योलता रहने छ । पेशागत क्षेत्रको सँलग्नतामा अवस्था औसत रहने छ । दाम्पत्य जीवनको प्रेमले धेरै अर्थ राख्ने छ । शेयर बजार प्रतिफलमुखी हुने छैन् । 

तुला
आम्दानीमा झिनो बृद्धि देखा पर्ने छ । आँटिला खाले काम गर्न मन लाग्ने छ । लचकताको अभावमा टिममा गरिने काममा अविश्वास आउने छ । भविष्य प्रतिको अनावश्यक चिन्ताले वर्तमानमा अनावश्यक दबाब थप्ने छ । पेशागत जीवन औसत खालको हुने छ । परिवारमा भने किचलो र झैझगडा हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

वृश्चिक
आम्दानीमा बृद्धि हुने छ । यसअघि सहकार्यमा रहेका मित्रतामा कटुताको अवस्था आउने चुनौति देखिन्छ । पेशागत जीवन आशाका क्रमहरु आउने छन् । प्रभावकारी बोली हुँदा अरुको मन जित्न सकिने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा कडा खालको व्यक्तित्व हुने हुँदा त्यसमा ध्यान दिनु उपयुक्त होला । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

धनु 
स्वास्थ्यमा आउने समस्याले अस्पताजन्य खर्च धेरै बढ्न जाँदा आर्थिक रुपमा दबाब आउने छ । ऋण गर्नुपर्ने छ । स्वास्थ्य समस्या देखा पर्ने छ । मानसिक रुपमा अन्योलता बढ्ने छ । बोलीको प्रभाव घट्न जाँदा अविश्वास पैदा हुने छ । परिवारको साथ मिल्ने हुँदा केही राहत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् ।

मकर 
प्रभावकारी बोलीका कारण आर्थिक लाभ प्राप्त हुने छ । अरुको विश्वास छिट्टै जित्न सक्ने हुँदा सजिलै काम लिन सकिने छ । तर निर्णय क्षमतामा गिरावट आउने हुँदा अन्योलता रहने छ । खर्च धेरै बढ्न पुग्ने छ । खासगरी किनमेलमा धेरै रकमहरु खर्च हुन जाने छ । सवारीसाधनजन्य विषयमा कठिनाई भोग्नु पर्ने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् । 

कुम्भ 
आम्दानीमा बढोत्तरी हुने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । प्राप्त जिम्मेबारीमा सफलता मिल्ने छ । सृजनशिल कार्यहरुमा अग्रसर हुन निकै मन लाग्ने छ । समाजबाट पनि कदर प्राप्त हुने छ । परिवारमा रमाईलो गर्न पाइने छ । शारीरिक रुपमा स्वास्थ्य समस्या देखिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।

मीन
आर्थिक क्षेत्रमा सुधार आउने छ । रोकिएका क्षेत्रहरुको आम्दानी खुल्ने छ । पेशागत जीवनमा कदर मिल्ने छ भने सफलता प्राप्त हुने छ । सामाजिक रुपमा प्रतिष्ठा बढ्ने छ । यसअघि चालिएका कार्यहरुमा सफलता प्राप्त हुने छ । परिवारको सम्बन्ध ठिक नै रहेता पनि दाम्पत्य जीवनमा भने झैझगडाले स्थान पाउने छ । शेयर बजारमा भने गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement