काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण सुरु गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रालिले आजदेखि विक्री सुरु गरेको हो ।
एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको छ । राजधानी काठमाडौंस्थित त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार वटा स्टोरहरु सञ्चालनमा ल्याईएको हो ।
कम्पनीले आज आयोजित कार्यक्रममार्फत ग्राहकरुलाई काफका कुकर हुड्स, फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी, बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन् ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड इयर सिस्टम लगायतका बारेका जानकारी दिएको थियो।
किचनका सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेको भन्दै विक्री केन्द्रमार्फत पहिलो पटक विक्री सुरु गरिएको कम्पनीले जनाएको हो । हालसम्म काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । त्यस्तै, अन्य कम्पनीका उत्पादनभन्दा काफका उत्पादन सस्तो, हेर्दा राम्रो देखिने, गुणस्तरीय र टिकाउपूर्ण रहेको पनि कम्पनीको दाबी छ ।
किचन क्राफ्ट क्रियशन प्रा.लिका कार्यकारी निर्देशक अंकिता राठीले बजारमा ल्याएको नयाँ उत्पादनहरुले ग्राहकरुलाई सन्तुष्टि दिने बताएकी छिन् ।