तिहारको मुखमा विद्युत प्राधिकरणले २६ हजार ग्राहकको लाइन काटिदियो

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको मुखमा २६ हजार ग्राहकको लाइन काटिदिएको छ । विद्युत् महसुल नतिरेको भन्दै प्राधिकरणले उनीहरुको लाइन काटिदिएको हो । 

गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले तिहारपछि ट्रकलाइनको विवादित प्रिमियम महशुल नतिर्ने उद्योगहरुको समेत लाइन काट्ने बताएको छ । 

Advertisement

बिहीबारसम्ममा २६ हजार २४४ ग्राहकको लाइन काटेको प्राधिकरणले लाइन काटिएका ग्राहकहरुको बक्यौता करिब ६२ करोड रुपियाँ रहेको दावी गरेको छ । ट्रंक लाइनको महशुल विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिहरुले आफूलाई दोषी औंल्याएपछि प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ दबाबमा परेका छन् । त्यसमाथि प्राधिकरणभित्र कर्मचारीहरुको गैरकानुनी सरुवाका कारण कर्मचारी युनियनहरुले उनलाई कार्यालय प्रवेशमा समेत रोक लगाउने काम गरेका छन् । 

तिहारपछि बक्यौता महशुल अशुलीका लागि ग्राहकहरुको लाइन काट्ने प्रक्रिया गर्दा पनि हुनेमा तिहार नै अन्धकार बनाउने गरी प्राधिकरणले हजारौं ग्राहकको लाइन काटेको हो । यसरी लाइन काटिने अधिकांश तराइका ग्राहक छन् । तिहारपछि बक्यौता नतिर्ने अरु ग्राहको पनि लाइन काट्ने बताउँदै प्राधिकरणले आर्थिक मन्दीका कारण जनजीवनमा परेको प्रभावलाई उपेक्षा गरेर पेल्ने काम गरेको हो ।  

Advertisement