एनसेल खरीद–बिक्री शंकास्पद रहेको सत्ता गठवन्धनको ठहर तत्काल छानबिन हुनुपर्ने

Advertisement

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले एनसेल आजियटा लिमिटेडको शेयर खरीद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरीद बिक्रीको कुरा गम्भीर रहेको र सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको हो । 

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानूनबमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरीद–बिक्री नभएको बताए । 

उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको बताए । लेखकले भने, ‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसेको हो । पछिल्लो समयमा एनसेलको शेयर खरीद बिक्री लगायतका जुन कुराहरु आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ । जति पनि काम कुराहरु भएका छन्, त्यो नेपालको कानूनबमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानूनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन् । जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन् । त्यसमा प्रश्न उठेका छन् । यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानूनबमोजिम अध्ययन गर्ने कुरा भएको छ ।’ 

उनले थपे, ‘एनसेलको शेयर खरीद बिक्री बारेमा जे जति कोणबाट प्रश्नहरु उठेका छन्, यी गम्भीर र जायज छन् । यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हीतमा कानून बमोजिम गर्नुपर्छ भन्ने निस्कर्ष भएको छ । मन्त्रीपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ । सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ ।’

लेखकले एनसेल शेयर खरीद बिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताए । 

Advertisement

Advertisement