आजबाट फेरि विद्युत आयात सुरु, सुख्खायाममा यस बर्ष पनि उद्योगहरुमा लोडसेडिङ हुनसक्ने

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार)बाट फेरि विद्युत आयात सुरु गरेको छ । हालसम्म आन्तरिक उत्पादनबाटै धान्दै आएको प्राधिकरणले आजबाट महंगो मूल्यको बिजुली आयात सुरु गरेको हो । 

आज पहिलो दिन प्राधिकरणले पाँचसय मेगावाट पर आवर विजुली आयात भएको छ । सुख्खायाम बढ्दै जाँदा यो आयात बढेर जानेछ । आउँदो जेठसम्म आयात गर्नुपर्ने अवस्था लम्बिँदा आन्तरिक मागको ५० प्रतिशतसम्म कार्बन इनर्जी आयात गर्नुपर्ने संकेत देखिन्छ । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ सम्मा बिजुलीमा नेपाललाई आत्मनिर्भर बनाउने बताए पनि यसमा उनी असफल देखिएका छन् । गत बर्ष मागअनुसार विद्युत आपूर्ति गर्न नसक्दा प्राधिकरणले उद्योगधन्दाहरुमा १० घण्टासम्मको अघोषित लोडसेडिङ गरेको थियो । यो बर्ष पनि सो स्थिति आउनसक्ने संकेत देखिएको छ । 

पछिल्ला दिनमा इण्डियामा नगन्य मात्रा विद्युत निर्यात भइरहे पनि आयात सुरु भएबाट प्राधिकरणमाथि व्ययभार थपिने भएको छ । यस बर्ष पुस नलाग्दै विद्युत आयात सुरु गर्न प्राधिकरण बाध्य भएको छ । 

Advertisement