एनसेलमा भएको ५३ अर्ब २० करोड विदेशी मुद्रा अपचलनविरुद्ध परेको मुद्दामा उच्च अदालतमा सुनुवाई सुरु

Advertisement

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलका लगानीकर्ताहरुविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनमा सुरुवाई सुरु भएको छ । बुधबार दर्ता भएको सोसम्वन्धी मुद्दाको आज (बिहीबार) पेशी तोकिएको थियो । 

उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा अहिले सुनुवाइ चलिरहेको छ । एनसेलको यसअघिको स्विडिस लगानीकर्ता टेलिया सोनेराले पुँजीगत लाभकर तिर्ने प्रयोजनका लागि दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड) एनसेलको मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र नेपाली साझेदार सुनिभेरा भेन्चर क्यापिटलका सञ्चालकहरुले केही दिनअघि बाँडेर लिएका थिए । 

Advertisement

आजियटा र सुनिभेराले विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धिकरणविरुद्धको काम गरेको भन्दै रिट निवेदकले निवेदन दर्ता गराएका छन् । अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाको खातामा जम्मा गरिएको रकम नेपालमै नल्याई एक आपसमा सिंगापुरमै बाँडफाँट गरिएको स्रोतको भनाई छ । त्यसरी बाँडफाँट गर्दा सुनिभेराका सञ्चालक भावना सिंह श्रेष्ठका पति सतिशलाल आचार्यले ९० मिलियन हात पार्न सफल भएका थिए भने बाँकी आजियटाले नै राखेको थियो । 

Advertisement

Advertisement