राशिफलः आज (मंसिर २७) तपाइँको पेशा, व्यावसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको २७ गते बुधबार, मंसिर शुक्लपक्षको प्रतिपदा तिथि ।

मेष 
मनमा उदासिनताको मात्रा धेरै आउने छ । नराम्रा खालका सपनाले गर्दा पेशागत क्षेत्रको केन्द्रीकरणमा कमि आउने छ । दाम्पत्य जीवनमा पनि तनावको अवस्था आउने भएकाले शान्त भाव जागृत गर्नु नै उपयुक्त हुने देखिन्छ । यात्रामा निस्कनु पर्ने छ । शेयर बजारबाट आँशिक प्रकारको लाभ मिल्ने छ ।

Advertisement

वृष 
मनमा उत्साह र उमङ्ग आउने छ । बोलीको प्रभाव बृद्धि हुने हुँदा अरुको विश्वास सजिलै आर्जन गर्न सकिने छ । यात्रामा भने कठिनाई भोग्नु पर्ने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ काम गर्ने अवसरका ढोका भने खुल्ने छन् । आर्थिक सन्तुलन कायम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

मिथुन 
विश्वास गरेका पात्रहरुबाट धोकाको अवस्था आउने छ । बोली फित्तलो बन्ने र अरुले अविश्वास गर्ने अवस्था आउने छ । पेशागत जीवनमा अड्चनहरु उत्पन्न हुने र तनावको वातावरण आउने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा तनाव आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

कर्कट
प्रेममा असफलता हुने छ । विगतका घटनाक्रमहरु प्रति पश्चातापको क्रम देखा पर्दा मनमा अन्योलता कायम रहने छ । परिवारमा अशान्तिको वातावरण र झैझगडा हुने भएकाले धैर्य भएर व्यावहार गर्नु पर्ने देखिन्छ । पेशागत जीवन मध्यम खालको हुने छ भने आर्थिक सन्तुलन भने कायम हुन कठिन हुन जाने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

सिंह
वैदेशिक यात्रामा जाने अवसर जुट्ने छ । महत्वपूर्ण जिम्मेबारी सम्हाल्ने मौका मिल्ने छ । साथिभाइको सहयोगले नयाँ नयाँ सम्भावनाका क्षेत्रमा हात हाल्ने अवसर मिल्ने छ । पेशागत जीवनमा उन्नतिको कदम अघि बढ्ने छ । आर्थिक लाभ भए पनि खर्च पनि ह्वात्तै बढ्न जाने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ ।

कन्या
मनोबलमा केही गिरावट आउने छ । भित्रि मनमा गरिने संकल्प भन्दा अरुले भनेका कुराबाट छिट्टै प्रभावित हुने हुँदा अन्योलता उत्पन्न हुन जाने छ । पेशागत जीवन औसत खालको हुने छ । ऋण लिनु पर्ने हुँदा आर्थिक दबाब उत्पन्न हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

तुला
समयमा केही सुधार आउने छ । आशाका क्रमहरु शूरु हुने छ । तर परिणामहरु भने तत्काल देखिइ भने हाल्ने छैन् । पेशागत जीवन मध्यम खालको बन्ने छ । आर्थिक अवस्था पनि मध्यम अवस्थाबाट अघि बढ्ने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । अड्डा अदालत धाउनु पर्ने चुनौति देखिन्छ । शेयर बजारबाट आँशिक लाभ मिल्ने छ ।

वृश्चिक
आकस्मिक लाभ प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुनेतर्फ जाने छन् । पेशागत जीवनमा सफलता हात पर्ने छ भने आर्थिक लाभ पनि प्राप्त हुन जाने छ । परिवारमा सदस्यहरु बीच तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने देखिन्छ । शेयर बजारबाट फाइदा हुने छ ।

धनु 
उच्च मनोबल भएको व्यक्तित्व हुने छ । आँटिलो खालको काममा हात हाल्न मन लाग्ने छ । अरुको नजरमा घमण्डि खालको व्यक्तित्व हुने विषयमा केही सतर्क रहँदा उपयुक्त हुने देखिन्छ । पेशागत क्षेत्रमा लाभ मिल्ने छ । गढेर बसेका रकम उठ्ने छ । शेयर बजारबाट लाभ हुने छ ।

मकर 
यात्राको अवसर प्राप्त हुने छ । शैक्षिक क्षेत्रमा उन्नति हुने छ । बौद्धिकस्तरको व्यक्तित्व अरुले महशुस गर्ने छन् । पेशागत जीवन औसत खालको रहने छ भने आर्थिक क्षेत्र पनि औसत नै रहने छ । प्रेममा सफलता मिल्ने छ । रमाईलो खालको स्वाभावका कारण अरुको मन जित्न सकिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ 
भाग्य बलियो भएका कारण मेहनत अनुसारको फल प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुरताका क्रम आउने छन् । सामाजिक काममा सहभागि हुने र समाजबाट पनि सम्मान प्राप्त हुने छ । पेशागत जीवन औसत खालको हुने छ । मित्रहरुको सहयोगले नयाँ काम थालनी गर्ने योग छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
आफुले विश्वास गरेमा पात्रहरुबाट धोका हुने भएकाले सतर्क रहेर पाइला चाल्नुहोला । जीवनसाथिका बीचमा पनि अनावश्यक बादबिबादपूर्ण वातावरण हुने छ । भाग्यको साथ नभएकाले कठिन समय रहेको छ । पेशागत जीवनमा तनावको अवस्था आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement