शेयर धितो र घरजग्गा कर्जाको जोखिम भार घटाउन राष्ट्र बैंकको परिपत्र

Advertisement

काठमाडौं । । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटाउन निर्देशन जारी गरेको छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज परिपत्र जारी गरेका हो ।

Advertisement

उक्त निर्देशन अनुसार ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको शेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर १२५ प्रतिशत र ५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । 

रियल स्टेट कर्जा लगायत जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन सम्बन्धी पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् 

Advertisement

Advertisement