मुलुकको आर्थिक अवस्था सवल बन्दै, विदेशी मुद्रा सञ्चिति बढ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने

Advertisement

काठमाडौं । मुलुकको आर्थिक अवस्था सवल बन्दै गएको छ । यसैक्रममा विदेशी मुद्रा सञ्चिति बढेर १७ खर्ब ६७ अर्ब पुगेको छ । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ५ महिनाको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड
बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा रु.१७६७ अर्ब ४ करोड पुगेको छ । 

Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।

undefined

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई रु.१५५६ अर्ब २५ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भई रु.२१० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।


 

Advertisement

Advertisement