काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार स्थिर रहे पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.७९ अंकले बढेको हो । ०.०३ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०१८.७६ अंकमा पुगेको छ ।
बजार स्थिर रहँदा लघुवित्त ३.८० प्रतिशतले बढे पनि बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३१५ कम्पनीका ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३.७१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाए भने स्वाभिमान लघुवित्त, सीईडीबी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त, धौलागिरि लघुवित्त, अभियान लघुवित्त, उपकार लघुवित्त र गणपति लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९४, ९.६१, ९.०३, ८.६१, ८.४९, ८.३४ र ८.०५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै माण्डुु हाइड्रोका लगानीककर्ताहरुले सबैभन्दा बढी ५.७६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सीएचडीसी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ८.२६ अंकले बजार बढ्दा ३ अर्ब १५ करोड ५१ लख ४२ हजार १ सय ६८.४३ रुपियाँ, सोमबार २४.३९ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७.९१ रुपियाँ, मंगलबार २८.६२ अंकले बजार बढ्दा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४.८० रुपियाँ र हिजो बुधबार ९.५४ अंकले बजार घट्दा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।