वन सेवाका लागि २२१ पदमा खुल्यो आवेदन (सूचनासहित)

Advertisement

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत २२१ पदमा पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ । 

दरखास्त छिटोमा चैत ४ गतेसम्म बुझाउन सकिनेछ । त्यस्तै, दोब्बर दस्तुर तिरी थप एक हप्ता अर्थात् चैत १२ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइन प्रणालीमार्फत बुझाउनुपर्नेछ ।

दरखास्त बुझाउँदा उम्मेदवारकाे उमेर १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै महिला तथा अपांगका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने पनि आयोगको भनाइ छ ।

undefined

Advertisement

Advertisement