शुक्रबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । आज स्थानीय बजारमा सुन–चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन पनि छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार रुपियाँ रहेको छ।

Advertisement

त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४७० रुपियाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।

Advertisement