सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित, ६ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सभाबाट आव २०७९÷८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश पारित भएको छ ।  

Advertisement

साथै उक्त सभाबाट ६ जना सञ्चालक र्निविरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, र राजनकृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् ।

त्यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । 
 
 

Advertisement

Advertisement