लाभांश पारित गर्न सगरमाथा लुम्बिनीले इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ । 
सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि सभामा छलफल हुने बताइएको छ । 

Advertisement

साथै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै संस्थापकबाट चार र सर्वसाधारणबाट दुई जना सञ्चालक निर्वाचित गर्नेछ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisement

Advertisement