सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताला १ लाख २६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement