सिटिजन लाइफको लाभांश रद्द, नेप्सेद्वारा शेयर कारोबार पनि रोक्का

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । 

कम्पनीले गत आइतबार पत्रमार्फत लाभांश घोषणा सम्बन्धी जानकारी गराएको र पुनः आज मंगलबार घोषित लाभांश रद्द गर्ने जानकारी गराएपछि सूचीकरण स्थगन गर्दै कारोबार रोक्का गरिएको नेप्सेकी सहायक प्रबन्धक सरिता पाण्डेय उल्लेख गरिन् । 

Advertisement

नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संस्थाको सूचीकरण स्थगन गर्नसक्ने व्यवस्था अनुसार कदम चालिएको नेप्सेले जनाएको छ । 

हिजोमात्रै कम्पनीले २६.९८ प्रतिशत बोनस शेयर रकर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । नेपाल बीमा प्राधिकरणले स्वीकृति बिना लाभांश घोषणा गरेको आपत्ति जनाएपछि कम्पनीको आज बिहान बसेको बैठकले लाभांश घोषणा रद्द गर्ने निर्णय गरेको छ ।  

undefined
 

Advertisement

Advertisement