यी दुई कम्पनी सरकारको कालोसूचीमा, तीन वर्षसम्म खरिद प्रक्रियामा संलग्न हुन नपाउने

Advertisement

काठमाडौं । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको  छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जुगल बिल्डर्स कम्पनी प्रालि (कोटेश्वर, काठमाडौं) र जेएमबीडी इन्टरनेसनल (चाबहिल काठमाडौं) लाई कालोसूचीमा राखेको हो । 

Advertisement

दुई कम्पनीमध्ये जुगल बिल्डर्स तीन वर्ष र जेएमबीडी डेढ वर्षका लागि कालोसूचीमा परेका हुन् । 

कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

undefined

Advertisement

Advertisement