लाभांश प्रस्ताबिना पाँचथर पावरको साधारणसभा बस्दै, यस्ता छन् एजेन्डा

Advertisement

काठमाडौं ।  पाँचथर पावरको साधारणसभा जेठ २७ गते बस्दैछ । 

सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

यद्यपि, कम्पनीले लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारणसभा बोलाएको छ । 

सभामा गत आवको नाफा–नोक्सानसम्बन्धी हिसाबमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 


 

Advertisement

Advertisement