गौतमश्री सहकारीका बचतकर्ताले बचत फिर्ताका लागि मागदाबी पेस गर्नुपर्ने

Advertisement

काठमाडौं । सरकारले समस्याग्रस्त गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ । 

बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ ।

Advertisement

यही चैत १३ गते बसेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सो सहकारीलाई सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त घोषणापछि साथै सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सरकारले सहकारी व्यवस्थापन समितिलाई पत्र लेखेको थियो । 

त्यसैगरी समितिले काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारी सञ्चालक समितिलाई कार्यालय बन्द गरी कुनै कारोबार नगर्न निर्देशनसमेत दिएको छ । 


 

Advertisement