सात लाख कित्ता संस्थापक शेयर बेच्दै कुमारी बैंक

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालमा रहेको बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला हुने बताइएको छ । 

Advertisement