आजको मौसम : तराईमा हावाहुरी चल्ने, पहाडी तथा उच्च हिमाली भेगमा हिमपात

Advertisement

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । 

यता, लुम्बिनी प्रदेशलगायतका तराईका केही स्थानमा हावाहुरीको चल्ने बताइएको छ । 

त्यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

Advertisement