मीनबहादुर गुरुङलाई प्रयोग गरेर दरबारमार्गमा अर्को बालुवाटार काण्ड रच्ने प्रयास, संरक्षक आरजु !

Advertisement

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरको सार्वजनिक जग्गा एक व्यवसायीलाई प्रयोग गरेर दीर्घकालका लागि अतिक्रमण गर्न चलखेल सुरु भएको छ । 

राजपरिवारका सदस्यको नाममा रहेको यो जग्गा २०५८ पछि रातारात व्यक्तिको अनधिकृत नामसारी गर्ने काम भएको थियो । उक्त जग्गा नेपाल ट्रष्टमा आउनुपर्ने आवाज उठिरहेको बेला विवादित व्यवसायी एवं भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई शेयर बिक्री गर्ने र सदाका लागि ट्रष्टमा आउन नदिने प्रक्रिया सुरु भएको हो । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा समेत मुछिएका प्रहरी हिरासतमा पटक पटक पुगेका गुरुङलाई अन्नपूर्ण परिसरको जग्गा अनियमिततामा संलग्न गराइएको हो ।

Advertisement

आफूलाई अन्नपूर्ण होटल र सो परिसरको ४५ रोपनी जग्गाको मालिक घोषणा गरी सोको भोगचलन गर्दै आएका कपिल राणा र सिर्जना मल्लले होटल कुनै पनि बेला राष्ट्रियकरण हुनसक्ने देखेपछि होटलको पैसा लगेर पोखरा र चितवनमा दुई वटा लज खोलेका छन् भने होटलमाथि अर्बौंको ऋण दायित्व सिर्जना गर्ने काम गरेका छन् । हिमालय बैंकमा रहेको होटलको दुई अर्बभन्दा बढी ऋण तिर्न र होटल पुनर्निमाण गर्न गुरुङलाई भन्दै शेयर बिक्री गर्नुपरेको कपिल पक्षको भनाई छ । 

दरबार हत्याकाण्डसम्म मृत्यु भएका राजपरिवारका सदस्यको नाममा रहेको शेयरमध्ये झण्डै ९० प्रतिशत कपिलले सेटिङ मिलाएर आफ्नो नाममा नामसारी गरेका थिए भने नेपाल ट्रष्टमा जम्मा पाँच प्रतिशत मात्रै राख्ने काम भएको थियो । सोही शेयरबाट कपिलले परिवारलाई समेत शेयर दिएका छन् । दरबार हत्याकाण्डअघि होटलमा कपिलको हिस्सा ०.२१ प्रतिशत मात्रै थियो । अहिले उनको शेयर ८६ प्रतिशतभन्दा धेरै छ । नेपाल ट्रष्टका तत्कालिन सचिव लीलामणि पौडेलले बदनियतपूर्ण तरिकाले होटलको स्वामित्व जम्मा पाँच प्रतिशत मात्रै कोषमा राखेर बाँकी कपिलको नाममा गर्न सहयोग गरेका थिए । 

होटलको स्वामित्व बिक्रीका लागि कपिल र सिर्जनाले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र शिक्षा तथा उर्जा उत्पादक उपेश श्रेष्ठसँग पनि पहल गरेका थिए । तर उनीहरुले धेरै विवाद देखेपछि हच्किएका छन् । तर गुरुङलाई भने यस विवादमा फँसाउन कपिल र सिर्जना भएका भएका छन् । गुरुङले कपिल र सिर्जनासँग सहकार्य गर्नुका कारण होटलसँगै जोडिएको जमलतर्फको आफ्नो जग्गासमेत उपयोग गर्ने र अन्नपूर्ण परिसरको जम्मा समेतमा होटल, सपिङ मललगायतका व्यापारिक संरचना निर्माण गरी फाइदा लिने योजना पनि हो । राजधानीको मुटुमा रहेको यो ठाउँमा व्यापारबाट राम्रो आम्दानी गर्न सकिने संभावना छ । 

तर यसो गर्दा राज्यलाई ठूलो नोक्सान हुनेछ । दरबार हत्याकाण्डअघिको शेयर संरचनाअनुसार होटलको ९० प्रतिशतभन्दा धेरै शेयर ट्रष्टमा जानुपर्ने हुन्छ । तर सो कुरालाई सरकारी निकाय, राजनीतिक दल र नेता, मिडिया र नागरिक समाजल चासो दिएको छ । यो सबै सेटिङको पछाडि नेपाली कांग्रेसकी नेतृ एवं सो  पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको संरचना देखिन्छ । आरजु र कपिल तथा सिर्जनाबीच लामो सम्वन्ध छ ।       

चार बर्षदेखि बन्द गरिएको अन्नपूर्ण होटलका चार दशकदेखि काम गरेका चार सय कर्मचारीहरुलाई ४० करोड रुपियाँ भुक्तानी नदिई सास्ती दिने, विना कारण निष्कासन गर्ने, मानसिक तनाव दिने काम भएको पीडित कर्मचारीहरु गुनासो गर्छन् । 

एक दशकअघि अन्नपूर्ण परिसरकै अन्ना क्यासिनोको भवन बिना कारण राति डोजर लगाएर भत्काएर नौ सयभन्दा धेरै कर्मचारीलाई बिचल्ली बनाउन पनि सिर्जनालाई आरजुले साथ दिएकी थिइन् । त्यसपछि फेरि सोही क्षेत्रमा अर्को क्यासिनो खोल्न आरजुले नै भूमिका खेलिदिएकी थिइन । होटल बन्द भएपछि क्यासिनो पनि हुनुपर्नेमा क्यासिनो अवैधरुपमा सञ्चालन गरी कपिल र सिर्जनाले भाडा उठाउँदै लगमा लगानी गरेका छन् । 

एक पीडित मजदुरले आफूहरुको दायित्व भुक्तानी नगरी गुरुङ होटलको ३० प्रतिशत शेयर किन्न तयार हुनुले उनको नियत पनि खराब रहेको प्रष्ट हुन्छ भने । अहिले होटल भत्काएर निर्माण सामग्रीहरु खसाल्न सुरु भइसकेको भन्दै उनीहरुले पाँच प्रतिशत मात्रै भए पनि राज्यको समेत लगानी रहेको होटलमा के आधारमा शेयर बिक्री गर्ने काम भयो ? आफूहरुले बुझ्न नसकेको बताउँछन् । 

ती मजदुरले भने, ‘हामीले गएर घचघच्याएपछि अहिले भने नेपाल ट्रष्टले बल्ल चासो  दिन खोजेको छ । अर्को कुरा कपिलले कसरी शेयर आफ्नो नाममा ट्रान्सफर गरे ? छानविन गर्ने र त्यो कागजपत्रको फरेस्सिक टेष्ट गर्ने हो भने सत्य कुरा आइहाल्छ । कपिल राणाले शेयर हत्याएको कुरा एउटा पक्ष हो । हेलेन शाहको शेयर पनि त नेपाल ट्रष्टमा जानुपर्ने हो । जयन्ती पनि अधिराजकुमारी हो । उनको शेयर कसरी उनीहरुले खाए ?’

मजदुरहरुले चाँडै नै पत्रकार सम्मेलन गरेर सबै यथार्थ बाहिर ल्याउने चेतावनी पनि दिएका छन् । सिर्जना राणा एकदमै क्रुर महिला रहेको उनीहरुको आरोप छ । ‘तिनको ट्रेड युनियन मेरो मुट्ठीमा छ । हामीले दिएको जति लिएर जान्छ भने ठिकै छ । नभए क्यासिनो अन्नाका जस्तै मुद्दा लड्दै मछृन्’ भन्ने गरेको बताउँदै मजदुरले आफूहरु न्याय नपाएसम्म लड्न नछोड्ने बताए । 

कपिलको कुल शेयरमध्ये एक लाख ४३ हजार ८७२ कित्ता शेयर प्रतिकित्ता १४ हजार ९८२ रुपियाँका दरले बिक्री गर्न प्रोमोटरहरुलाई पत्र पठाएका थिए । उनीहरुले तोकिएको मितिभित्र उक्त मूल्यमा शेयर किन्न तयार नभएपछि गुरुङलाई ३० प्रतिशत शेयर खरीद बिक्री गर्ने सहमति भएको हो । उमेश श्रेष्ठलाई भने कुनै न कुनै रुपमा पछि प्रवेश गराउने कुरा भएको स्रोतको भनाई छ । 

undefinedundefinedundefinedundefinedundefinedundefined

undefined

यो पनि बढ्नुहोस्ः

बन्द रहेको होटल अन्नपूर्णमा अवैधरुपमा क्यासिनो सञ्चालन र नवीकरण गर्ने प्रयास

Advertisement

Advertisement