काठमाडौं । इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न नपाइने भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने भएको हो ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।
वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ ।
इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।