क्रेस्ट माइक्रो लाइफका अध्यक्ष मोरले लिए सपथ

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको सञ्चालक निर्वाचित भई अध्यक्ष चयन भएका ऋषिराज मोरले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले मोरलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । 

Advertisement

अध्यक्ष मोरले आज नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । 

शपथग्रहण कार्यक्रममा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थिति थियो । 


 

Advertisement