सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामी खुला

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा राखिएको छ । लघुवित्तले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

यसअघि संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी लिलामी खुलाइसकेको छ । हाल यस शेयर खरिदका लागि विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले  आवेदन दिन पाउनेछन् । न्यूनतम प्रतिकित्ता २५० रुपियाँ तोकिएको शेयरमा खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

Advertisement

बोलपत्र पेस गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र वैशाख २१ गतेसम्म पेस गर्न सकिने संस्थाले जनाएको छ ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

Advertisement