चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’- सी, चीन भ्रमण गर्ने योजनामा पुटिन

Advertisement

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताउ ।  

एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरे । भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् । 

Advertisement

सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए ।  

“दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन”, उनले भने, “अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”

उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ । 

यसअघि भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिङ्केनले रुसका लागि समर्थनसहितका मुद्दामा चिन्ता व्यक्त गर्नुभएपछि चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी दबाब ‘ह्रासोन्मुख’ हुने चेतावनी दिए । उनले स्व–शासित ताइवानको प्रश्न ‘पहिलो सीमा’ हो भन्दै यसलाई चीन–अमेरिका सम्बन्धमा पार गर्न नहुने चेतावनीसमेत दिए ।  

ब्लिङ्केनले डियाओयुताई स्टेट गेस्ट हाउसमा वाङसँगको साढे पाँच घन्टासम्म भएको छलफल ‘व्यापक र रचनात्मक’ रहेको बताउनुभयो । उहाँले बेइजिङमा शुक्रबार अमेरिकी पत्रकारहरूसँग कुराकानी गर्नेछन् ।  

चीन भ्रमण गर्ने योजनामा पुटिन
यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

पुटिनले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कङ्गे्रसको  सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गरे ।  

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।  

चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरुमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका थिए । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।

त्यसबेलादेखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।

युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रुसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ । दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् ।
 
अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।

पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गरेका थिए । राससएएफपी

Advertisement