आजको मौसम : गण्डकीसहित यी चार प्रदेशमा वर्षा, तराईमा हावाहुरी

Advertisement

काठमाडौं । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत छ । 

साथै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

साथै विभागले लुम्बिनी र कोशी प्रदेशका केही स्थान र बाँकी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

Advertisement

Advertisement