लगानी सम्मलेनको अन्तिम दिन आज, के कस्ता कार्यक्रम हुनेछन् ?

Advertisement

काठमाडौं । वैशाख १६ अर्थात हिजोदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समापन आज हुनेछ । तर, समापनअघि विभिन्न कार्यक्रम र सत्र भने जारी रहनेछन् । 

सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ । 

Advertisement

सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीलगायतका वक्ता रहेका छन् । 

त्यसैगरी, अर्को सत्र ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका साथसाथै राष्ट्रिय योजना आयोका सदस्य प्रा।डा। संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा. सुरेशराज आचार्यलगायत वक्ता रहेका छन् । 

सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन् । 

समापन सत्रमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ ।

Advertisement

Advertisement