उचालियो शेयर बजारः नेप्से २ हजार अंकमाथि, ४ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज बजार उच्च अंकले बढेर नेप्सेले २ हजार अंक पार गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६२ अंकले बढेको छ । १.४३ प्रतिशतले बजार बढ्दा नेप्से २०२७.५१ अंकमा पुगेको छ । 

Advertisement

बजार उचालिंदा सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा बढी ३.२२ प्रतिशतले बढेको छ । 

आज ३२० कम्पनीका ९८ लाख ५५ हजार २ सय ८५ कित्ता शेयर किनबेच हूँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ६ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । 

त्यस्तै हिमालयन उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ८१ लख २ हजार ७ सय ४४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement