एक लाख १५ हजार  कित्ता संस्थापक शेयर बेच्दै हिमालयन लाइफ

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनी विनयकुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनी मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement