भोलिदेखि काठमाडौंका यी क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुँदै

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती हुने जनाएको छ । 

Advertisement

विद्युत् बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म जानेछ । 

भोलि (वैशाख ३ गते) नयाँबजार फिडअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर र पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । 

साथै, मौसम प्रतिकूल भएमा विद्युत् आपूर्ति बन्द नहुने पनि प्राधिकरणले स्पष्ट पारेको छ । 

undefined
 

Advertisement

Advertisement