क्रेस्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरिएको छ ।

Advertisement

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबि एस क्याप्टिल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।  

Advertisement

Advertisement