उच्च अंकले घट्यो नेप्से, लघुवित्त र निर्जीवन बीमा समूहबाहेक सबै राताम्मे

Advertisement

काठमाडौं । शेयर बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २४.५८ अंकले तल झरेको हो । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १९७४.३७ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि लघुवित्त र निर्जीवन बीमा समूह थोरै बढेका छन् । लघुवित्त ०.१६ प्रतिशत र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले उचालिएका हुन् । बाँकी समूह राताम्मे भए । 

undefined

आज दोल्ती पावरका लगानीकर्ताले सबैभन्दा बढी ९.५६ प्रतिशतले नाफा कमएका छन् भने पिपुल्प पावरका लगानीकर्ताले सबैभन्दा बढी ९.९२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ६४ लाख ९९ हजार ७ सय ५३.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement