एचआईडीसीएलले कमायो एक अर्बभन्दा बढी नाफा

Advertisement

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ९ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड रुपियाँ नाफा कमाएको थियो।

Advertisement

समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशत र वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपियाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी भने सो अवधिमा १९.३७ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १८ पैसा बढेर ६.३८ रुपियाँ पुगेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११२.२९ रुपियाँ र मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ ।

Advertisement

Advertisement