सन नेपाल लाइफको शेयरमूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

Advertisement

नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । 

समायोजनपछि इन्स्योरेन्सको शेयरमूल्य ४७० रुपियाँ ९२ पैसा कायम भएको छ । 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । 

अघिल्लो कारोबार दिन अर्थात् बुधबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५८३ रुपियाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

Advertisement

Advertisement