जिम्नी गाडीको वास्तविक क्षमता पत्ता लगाउन रारा एडभेन्चर सम्पन्न

Advertisement

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन  सीजी मोटोकर्प तथा सीजी नेक्टजेनले ‘जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।  

जिम्नीका ग्राहकहरुले उक्त गाडीको वास्तविक क्षमता पत्ता लगाउ सकुन् भन्ने  उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले जनाएको छ । 

Advertisement

बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्नी एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । 

९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३०००० भन्दा धेरै युनिट बिक्री भईसकेको पनि बताए ।

सो राईडमा  १० वटा जिम्नी गाडीले  सहभागिता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग  कार्यक्रम आयोजना गरी मुलपानी-८, कालिकोटका  वडा अध्यक्ष लालबहादुर विष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।  

undefined

कार्यक्रम बारे बोल्दै सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनका  महाप्रबन्धक सिरज पन्तले भने, ‘अफ रोडिङ जिम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पूरा गर्दछ ।’ 
 

Advertisement

Advertisement