डलरसामु अझै कमजोर बन्दै नेपाली रुपियाँ

Advertisement

काठमाडौं। निरन्तर रुपमा बढिरहेको अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी रहँदा मंगलबार नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर आस्थामा पुगेको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ११४ रुपैयाँ २४ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक डलरको भाउ ११३ रुपियाँ ८९ पैसा तोकेको थियो । डलरको भाउ ११५ रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हँदा नेपाली रुपियाँ पनि डलरसँग कमजोर भएको हो । भारुसँग नेपाली रुपियाँको विनिमय दर स्थिर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपियाँमा परेको हो। १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय तेल प्रशोधन कम्पनीहरुले तेलको मौज्दात बढाउनका लगि बढि अमेरिकी डलर खरिद गरेकाले भारु डलरको तुलनामा कमजोर भएको हो ।
डलर भाउ उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिनगइ मुद्रास्फिति बढने विश्लेषकहरु बताउँछन् । नेपाली मुद्राको अवमूल्यन हुँदा नेपाली वस्तुको निर्यात र रेमिटेन्स आम्दानीमा सकारात्मक प्रभाव परेपनि आयतमा निर्भर देश भएकाले नेपालका लागि लाभ भन्दा हानी घाट बढि हुने जानकारहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement