एस क्यापिटलले ५२ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौँ: एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ५२ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको दुई दिनअघि बसेको सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट चुक्ता पुँजीको ५२ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो।

बाँडिन लागिएको लाभांश गत वर्षभन्दा चार गुणाले बढी भएको कम्पनीले जानकारी दिएको छ।

साथै आफनो मुख्य कम्पनी नेपाल इन्भेस्टमेन्ट बैंकको अर्को सहायक कम्पनी एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडसँग गाभ्न/गाभिन वा एकले अर्कोलाई प्राप्ति गर्ने कार्य अगाडि बढाई उक्त कार्यका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेसमेत निर्णय गरेको छ।

Advertisement

Advertisement

Advertisement