युनाइटेड अजोडको एक लाख १९ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो । 

प्रतिकित्ता न्यूनतम २५० रुपियाँ तोकिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

Advertisement

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं, सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

सो समयावधिभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा नियमानुसार उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Advertisement