डिशहोमको टिभी अब सिधै मोबाइलमा हेर्न सकिने

Advertisement

काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । 

एक सय ५० भन्दा बढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट हेर्न सकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । 

Advertisement

‘डिशहोम गो’ एपमा लाइभ टिभि सँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरुलााई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

Advertisement