आर्थिक मन्दीका कारण बजार सक्रिय नहुँदा महंगी घटेर ५ प्रतिशतभन्दा कम

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा महंगी (मुद्रास्फीति) घटेर ५ प्रतिशतभन्दा कम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको स्थितिमा महंगी निकै घटेको देखिएको हो । 

बजारमा माग र आर्पूिर्त घट्दा पनि महंगी कम भएर जान्छ । पछिल्लो समयमा आर्थिक मन्दीका कारण माग र उपयोग निकै घटेर गएको छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा निर्माण कामहरु हुन सकेको छैन् भने उद्योगहरुमा क्षमताभन्दा ५० प्रतिशत कम मात्रै उत्पादन भइरहेको छ । आर्थिक मन्दीकै कारण व्यावसाय हुन छोडेपछि साना व्यापारीहरु आफ्नो पेशा, व्यावसाय छोडेर पलायन हुने क्रम बढेको छ भने उपभोग गर्ने ठूलो युवा जमात अध्ययन र रोजगारीका लागि भन्दै बाहिरिने क्रम तीब्र भएको छ । 

Advertisement


राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ । 

मंसिरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलपूmल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको छ । 

बिन्दुगत आधारमा मंसिरमा आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यकोवृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मुद्रास्फीतिमा कमी ल्याउन सहयोग पुगेको राष्ट्र बैंकको विश्लेषण छ । 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७.२२ प्रतिशत, फलपूmलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको
१०.५६ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.४८ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणहरुको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८ प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो ।  थोक मुद्रास्फीति मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा  यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो ।

Advertisement

Advertisement