आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारको पुनरावेदन

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

खड्कालाई विशेष अदालतबाट पर्याप्त सजाय नभएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो । आफूहरुको मागदाबीअनुसार खड्कालाई सजाय र जरिवाना नभएको भन्दै मागदावी अनुसार सजाय हुनुपर्ने माग राखेको छ । 

Advertisement

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत असार १५ मा खड्कालाई नौ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजाय सुनाएको थियो । त्यसअघि २०७५ पुस २३ मा अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपियाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै उक्त सम्पत्ति जफत र दुई वर्ष कैद सजायको माग गरेको थियो । 

खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप छ । 

Advertisement