निजीकरणसम्बन्धी तत्कालीन कानूनबमोजिम बाँसबारीको जग्गा हस्तान्तरण गरिएको होः चौधरी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं व्यवसायी विनोद चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानूनबमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन् । 

उक्त जग्गा विवादमा आफ्नो समेत नाम जोडिएको उनले सोमाबार संसदमा बोल्दै उक्त सम्पत्तिसँग आफ्नो सरोकार नभएको बताएका हुन् । प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालिन सरकारले खुला बजार अर्थतन्त्र, निजीकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्वन गरेपछि राज्यको स्वामित्वमा रहेका सस्थानहरूको निजीकरण प्रक्रिया शुरू भएको बताए । 

Advertisement

नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफँैमा दुःखलाग्लो विषय भएको चौधरीको भनाई छ । उनले सरकार आफैँले चलाइरहेका उद्योगहरूको सञ्चालनमा व्यहोर्नुपरेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इट्टा टायल कारखाना गरी तीनवटा सरकारी उद्योगको निजीकरण गर्ने निर्णय सरकारले गरेको बताए । 

बाँसबारी छालाजुत्ता कारखानासँगै च्याम्पियन, फुटवेयरमा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामीमार्फत बिक्री गर्ने तत्कालिन सरकारको निर्णयानुसार लिलामिको दोस्रो सूचनामा उत्कृष्ट प्रश्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानूनबमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको दाबी गरे । 

चौधरीले भने, ‘बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामीमार्फत बिक्री गर्ने तत्कालिन सरकारको निर्णयानुसार लिलामीको दोस्रो सूचनामा उत्कृष्ट प्रश्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो । यो सम्पत्तिसँग मेरो सरोकार नभएको कुरा पनि म यहाँ राख्न चाहन्छु । म विगत ४५ वर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशिल छु । नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डोर्याइरहेको छ । म आफ्नो उद्यम व्यवसायका माध्यमद्वारा होस् वा निजी क्षेत्रका नेतृत्वदायी सस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रुपमा वा राजनीतिका माध्यमद्वारा, मेरो एकमात्र उदेश्य नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा स्थापित गर्नु हो ।’ 

राजनीतिकरण गर्ने प्रवृत्तिले वर्तमान अर्थतन्त्रका चुनौतिलाई थप जटिल बनाउँदै लैजाने दाबी गर्दै उनले यो विषयलाई पार्टीगत रुपमा बिरोध वा समर्थनको विषय बनाउन नहुने बताए । 

Advertisement

Advertisement