रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राख्दै प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन सिजन सुरु भएसँगै रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राखी सञ्चालनमा ल्याउने भएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ एक्स–रे मेसिन ल्याइसकेको र जडान गर्न बाँकी रहेको बताए । साथै, रामेछाप विमानस्थल नजिक नदीमा चराहरु आउने गतिविधिहरु बढ्दै गएकाले, चरालाई विमानस्थलबाट टाढा भगाउन बर्ड स्केरिङ डिभाइस राख्न लागेको लगेको र त्यसको लागि टेन्डर गरिसकेको भुलले बताए । 

Advertisement

उनले भने, ‘बर्ड स्केरिङ डिभाइस आइसकेपछि हामी रामेछाप र अन्य विमानस्थलहरुमा पनि जडान गछौं । साथै विमानस्थलको लोकल सुरक्षा, स्टाफहरुको कुरामा एक्दम ध्यान दिएका छौं । प्राविधिक र गैर–प्राविधिक जनशक्तिहरु हामीले राखेका छौं ।’ 

लुक्लामा मौसमका कारण उडानहरु रद्द हुँदा उडान ढिलो हुने गरेको बताउँदै उनले जहाजहरु धेरै ढिलाइ नहोस् भनेर लुक्लामा हेलिकप्टर रन–वे माथि नै उड्ने भएकोले त्यहाँ पनि उडान तालिका राखेर एक घण्टामा कति ह्यान्डल गर्न सकिन्छ ? त्यही आधारमा काठमाडौं र लुक्लाले योजना बनाउने बताए । भुलले थपे, ‘हामीले लुक्लामा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई पनि बोलाएर बैठक बसेका थियौं । जुन यात्रुले जुन समयको लागि हवाई टिकट काटेको हुन्छ, त्यही अनुसार उडान गर्ने, जुन एयरलाइन्सबाट टिकट काटेको हो, त्यसमै उडान गराउने  तयारी हुँदैछ ।’ 

उनले लुक्लामा कहिले गाडी उड्ने यात्रुलाई पछाडी, पछाडीको यात्रुलाई अगाडी गर्ने, कसैलाई पाखा, कसैलाई काखा गर्ने प्रवृत्ति रहेको भन्दै त्यस्तो नहोस् भनेर प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको बताए । सुरक्षाको कुरामा कुनै किसिमको सम्झौता नगर्न भनिएको भुलले बताए । 

उनले भने, ‘हामीले लुक्ला, रामेछाप विमानस्थलमा कुनै समस्या आइहाले क्यानमा तुरुन्तै रिपोर्ट गर्न भनेका छौं । क्यानले तुरुन्तै कारवाही गर्नेछ । अहिले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरु भनेको नेपाल एयरलाइन्ससहित चार वटा छन् । नेपाल एयरलाइन्सको पर्यटकीय क्षेत्रमा उडान नरहेको र समिट, तारा र सिता एयरले मात्र उडान गर्दै आएको छ ।’

भुलका अनुसार समिट एयरको चार वटा जहाज, सिताको दुई वटा जहाज, ताराको तीन वटा जहाज छ । समिट एयरको चार वटामध्ये एउटा नेपालगन्जमा बस्छ । एउटाले पोखराबाट उडान गर्छ । दुई वटाले काठमाडौंबाट गर्छ । अगामी अप्रिल १ देखि एउटा जहाज राति यहाँ बस्छ भने अर्को एउटा जहाज रामेछापमा बस्छ । काठमाडौं बसेको जहाजले बिहान पहिलो उडान काठमाडौंबाट गर्छ र त्यसपछि बाँकी सम्पूर्ण उडान रामेछाप–लुक्ला गर्छ । 

तारा एयरको तीन वटा जहाजमध्ये जहाजले पाँच दिन जोमसोमबाट उडान गर्छ । दुई दिन नेपालगन्जबाट गर्छ । बाँकी दुई वटा जहाजमध्ये एउटा जहाज रामेछाप बस्छ, एउटा जहाज काठमाडौं हुन्छ । रामेछापको जहाज पनि रामेछाप–लुक्ला उडान गर्छ । काठमाडौंको जहाजले सुरुमा बिहान काठमाडौंबाट लुक्ला जान्छ, त्यसपछि रामेछाप–लुक्ला उडान गर्छ । सिताको पनि दुई वटा जहाजमध्ये एउटा काठमाडौं हुन्छ भने अर्को एउटाले रामेछाप बसेर उडान गर्नेछ । काठमाडौं हुने जहाजले दुई दिन नेपालगन्ज गएर उडान गर्ने उनले जानकारी दिए ।
 

Advertisement

Advertisement